काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १४२ जना घाइते भएका छन् ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा सुदूरपश्चिम प्रदेशमा ३ जनाको मृत्यु भएको छ भने मधेश प्रदेशमा २ जनाको मृत्यु भएको छ । त्यस्तै गण्डकी प्रदेशमा एक जनाको मृत्यु भएको छ ।
त्यस्तै देशभर भएका दुर्घटनामा १४२ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २९ जना घाइते भएका छन् भने कोशीमा २९ जना, काठमाडौँ उपत्यकामा २३ जना, सुदूरपश्चिममा १८ जना, बागमती प्रदेशमा १५ जना घाइते भएका छन् भने लुम्बिनीमा १३ जना, कर्णालीमा १० जना र गण्डकी प्रदेशमा ५ जना घाइते भएका छन् ।









