• २०८३ मङ्सिर ८ मंगलबार

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ७ को मृत्यु, १४९ जना घाइते

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ७ को मृत्यु, १४९ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने १४९ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा बागमती र लुम्बिनी प्रदेशमा २-२ जनाको मृत्यु भएको छ भने मधेश, कोशी र गण्डकी प्रदेशमा  एक एक जनाको मृत्यु भएको छ ।    

त्यस्तै देशभर भएका दुर्घटनामा १४९ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ५२ जना घाइते भएका छन् भने कोशीमा ३२ जना, काठमाडौँ उपत्यकामा ११ जना, सुदूरपश्चिममा ६ जना, बागमती प्रदेशमा ४ जना घाइते भएका छन् भने लुम्बिनीमा ३२ जना, कर्णालीमा ५ जना र गण्डकी प्रदेशमा ७ जना घाइते भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै