काठमाडौं । वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन् ।
बज्राचार्यलाई पार्टीले महत्वपूर्ण जिम्मेवारीसहित केन्द्रीय नेतृत्वमा समेटेको जनाएको छ । पार्टी सभापति कुलमान घिसिङले उनलाई खादा ओढाएर पार्टीमा स्वागत गरेका थिए ।
शिक्षा, अर्थतन्त्र, अनुसन्धान तथा संस्थागत सुशासनका क्षेत्रमा लामो अनुभव हासिल गरेका बज्राचार्यको आबद्धताले पार्टीको नेतृत्व थप अनुभवी र प्राज्ञिक बन्ने विश्वास पार्टीले व्यक्त गरेको छ ।
उनको अनुभव र विज्ञताले पार्टीको नीति निर्माण तथा राष्ट्र निर्माणसम्बन्धी अभियानलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने पार्टीको अपेक्षा छ ।









