• २०८३ कार्तिक ३० सोमबार

४६ वर्षको उमेरमा रोनाल्डिन्होको पुनरागमन

४६ वर्षको उमेरमा रोनाल्डिन्होको पुनरागमन

काठमाडौँ । ब्राजिलका चर्चित पूर्वफुटबलर रोनाल्डिन्हो ४६ वर्षको उमेरमा पुनः फुटबल मैदानमा फर्किएका छन् । उनले आइतबार इटालीको तेस्रो डिभिजन क्लब राभेन्नाबाट खेल्दै पुनरागमन गरेका हुन् । उक्त खेलमा राभेन्नाले २–० गोलको जित निकालेको छ ।

रोनाल्डिन्होले सन् २०१५ मा फ्लुमिनेन्सबाट आफ्नो अन्तिम व्यावसायिक खेल खेलेका थिए । त्यसपछि उनले फुटबलबाट संन्यास लिएका थिए। गत अगस्टमा लगानीकर्ताका रूपमा राभेन्ना क्लबमा जोडिएका उनी अहिले खेलाडीका रूपमा पनि मैदान फर्किएका हुन् ।

रोनाल्डिन्होले सन् २००२ मा ब्राजिललाई विश्वकप उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । त्यस्तै, सन् २००६ मा बार्सिलोनाबाट च्याम्पियन्स लिग उपाधि जितेका थिए। उनले बार्सिलोना र एसी मिलानबाट लिग उपाधिसमेत जितेका छन् ।

उनले सन् २००५ मा प्रतिष्ठित बालोन डी'ओर र फिफा वर्ष खेलाडीको अवार्ड जितेका थिए । आफ्नो व्यावसायिक खेल जीवनमा उनले कुल २९९ गोल गरेका थिए ।

बार्सिलोनाका अतिरिक्त रोनाल्डिन्होले पेरिस सेन्ट जर्मेन (पिएसजी), ग्रेमियो, फ्लामेङ्गो, एट्लेटिको मिनेरो, फ्लुमिनेन्स र मेक्सिकोको क्वेरेटारोबाट पनि खेलेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै