• २०८१ बैशाख २५ मंगलबार

टेलीकम्युनिकेशन कम्पनी स्मार्ट सेलको रि-ब्रान्डीङ, अब 'स्मार्ट' बनेर सेवा दिने 

kharibot

काठमाडौ । स्मार्ट, टेलीकम्युनिकेशन कम्पनीले हालै नयाँ ब्रान्डीङका साथ प्रस्तुत भएको छ । यसले स्मार्टलाई अन्तर्राष्ट्रिय दूरसञ्चार व्यवसायमा आफूलाई विकसित गर्ने छ । नयाँ ब्रान्डीङ अन्तर्गत कम्पनीले आफ्नो लोगो, स्लोगन, ग्राफिक्स, तथा कम्युनिकेसनलाई परिवर्तन गरेको छ । 

यसअघि “स्मार्ट सेल” का रुपमा परिचित भएकोमा अब “स्मार्ट” का रुपमा प्रस्तुत हुने छ । साथै स्मार्ट “योर वर्ल्ड, योर भ्वाइस” भन्ने नारा साथ प्रस्तुत भएको छ । 

“स्मार्ट सेल” भन्दा जुन दायराको अनुभुति हुन्थ्यो त्यसलाई स्मार्टले अझ बढी फराकिलो तुल्याउने छ भन्ने विश्वासका साथ “स्मार्ट सेल” बाट “स्मार्ट” भनी रिब्राण्डिङ गरिएको कम्पनिले जनाएको छ । 

कम्पनीले नयाँ योजनातथा सेवाहरु प्रस्तुत गरेको सन्दर्भमा यो रिब्रान्डीङ गरेको हो । हामी हाम्रो फोर्टफोलियोलाई अझ नयाँ ब्रान्डको स्थानमा पुर्याउन स्मार्टले रि ब्रान्डीङको साथ “योर वर्ल्ड, योर भ्वाइस” भन्ने नयाँ योजना प्रस्तुत गरेको छ । यस योजना अन्तर्गत रु. ९९ मा सिमकार्ड खरिद गरी रु. ५० को मेन ब्यालेन्स, २०० एमबि डाटा, १० मिनेट टक टाइम र १० एसएमएस  प्राप्त हनेछ साथै, रिचार्जमा डाटा, भ्वाइस, एसएमएसमा अतिरिक्त सुविधाहरु प्राप्त गर्न सकिने छ।  न्यूनतम शूल्कमा डाटा, भ्वाइस, एसएमएस र अन्तर्राष्ट्रिय कल गर्न सकिने सुविधा पनि यो योजनामा समावेश गरिएको छ । 

आम नेपालीहरुमाझ सूचना तथा सञ्चारको सेवा प्रदान गर्ने उद्देश्यसहित स्मार्ट सेलको स्थापना भएको हो । नेपाली नागरिकहरुलाई सूचना तथा सञ्चारमा सहज एवं गुणस्तरीय पहुँच पुर्याउने यसको लक्ष्य रहेको छ । 

स्मार्ट सेल १ जुलाई २००८ मा स्थापना भई नेपालका दुर्गम क्षेत्रहरुमा सेवा प्रदान गर्दै आएको छ । यसले २०१३ मा एकीकृत इजाजत प्राप्त गरेको छ । दक्ष एवं कर्मठ कर्मचारीहरुको साथले गर्दा दुरसञ्चारको क्षेत्रमा स्मार्टसेल हाल नेपालको तेस्रो ठूलो कम्पनीका रुपमा स्थापित हुन सफल भएको छ । 
स्मार्ट टेलिकम प्रालिले आफ्नो नेटवर्कलाई क्रमशः नेपाल अधिराज्यभर विस्तार गर्दै आएको छ । यसै सिलसिलामा कम्पनीले आफ्नो फोरजि सेवा काठमाडौँ,  ललितपुर, भक्तपुर तथा पोखरामा प्रदान गरिसकेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै