• २०८१ बैशाख २५ मंगलबार

पोखराको न्यु रोडमा स्मार्ट सेलको स्मार्ट सेन्टर स्थापना

kharibot

काठमाडौं । ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यसहित हालै फोर जी सेवा सुरु गरेको स्मार्ट टेलिकमले आफ्ना ग्राहकहरुलाई सेवा उपलब्ध गराउन पोखराको न्यु रोडस्थित अरविन्द कमप्लेक्समा आफ्नो आधिकारिक स्मार्ट सेन्टरको प्रारम्भ गरेको छ । 

सेवा सोमबारबाट प्रारम्भ भएको हो । यस सेन्टरबाट उपभोक्तालाई प्रभावकारी सेवा उपलब्ध हुने तथा स्मार्टका उत्पादन तथा सेवाहरुको जानकारी सहजै प्राप्त हुने स्मार्ट टेलिकमले उल्लेख गरेको छ ।

सेन्टरबाट पोखरा तथा आसपासका ग्राहकहरुका सम्पूर्ण आवश्यकता एवं जिज्ञासाहरुलाई सहजएवं सुलभ तरिकाबाट समाधान गरिने बताइएको छ । 

स्मार्ट सेलको नयाँ सेन्टरको समुद्घाटन कम्पनीका सि.सि.ओ. (प्रमुख वाणिज्य अधिकृत)राजीवकुमारले गरेका थिए । 

यसअघि स्मार्ट सेलले कुमारी पाटी, पुतलीसडक तथा भक्तपुरमा पनि आफ्नो सेन्टरको स्थापना गरिसकेको छ । 

स्मार्ट सेल १ जुलाई २००८ मा स्थापना भई नेपालका दुर्गम क्षेत्रहरुमा सेवा प्रदान गर्दै आएको छ । यसले २०१३ मा एकीकृत इजाजत प्राप्त गरेको थियो ।

दूरसञ्चारको क्षेत्रमा स्मार्टसेल हाल नेपालको तेस्रो ठूलो कम्पनीका रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै