• २०८१ बैशाख २२ शनिबार

फिल्म रोज ट्रेलर सार्वजनिक, प्रदिप खड्का क्राइम र रोमान्टिक अवतारमा 

kharibot

काठमाडौँ । भदौ २२ गते देखि प्रर्दशनमा आउने फिल्म आउने फिल्म रोज ट्रेलर सार्वजनिक भएको छ । क्राईम स्टोरीमा बनेको प्रदीप खड्काको अभिनित यस फिल्ममा प्रदिपलाई क्राइम र रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । फिल्ममा प्रदीपसँगै नायिकाद्धय परमिता राणा र मिरुना मगरले अभिनय गरेका छन् । 

फिल्मको ट्रेलरमा प्रदीप खड्काले आफ्नै प्रेमिकाको हत्या गरेको प्रसंग लाई मुख्य हाईलाईट गरिएको छ । ट्रेलरमा पारमिता प्रदीपको प्रेमिकाको रूपमा प्रस्तुत भएकी छिन् भने मिरुना वकिलको भूमिकामा रहेकी छिन् । चलचित्रमा कर्म प्रहरीको भूमिकामा रहेका छन । 

निरक पौडेलको निर्देशनमा तयार भएको चलचित्रमा एलिश कार्कीको सङ्गीत, मित्र डी गुरुङको सम्पादन, राजुबिक्रम थापाको डीओपी र केदार भुषालको लेखन छ । चलचित्रमा प्रविशा अधिकारी, प्रताप दास र निशान भट्टराईको आवाज रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै