काठमाडौँ । प्रेम गीत र प्रेम गीत २ पछि नायक प्रदीप खड्काको नयाँ फिल्म लिलिबिलिको गीत सार्वजनिक भएको छ ।
युवा पुस्तामाझ लोकप्रिय नायक प्रदिपको तेस्रो फिल्मलाई अनमोल पछिको ठुलो स्टारको रुपमा नेपाली फिल्म उद्योगमा हेरिएको छ ।
फिल्म ‘लिलिबिली’ बैशाख १४ गते प्रदर्शनमा आउदै छ । फिल्ममा प्रदीपले नायिका प्रियंका कार्की र नव-नायिका जसिता गुरुङसँग रोमान्स गरेका छन् । अहिले फिल्मको छायांकन सकिएको छ । यो फिल्म नेपालमा बनेको ठुलो बजेटको फिल्मको रुपमा लिइएको छ । यस फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका हुन् ।
यो फिल्मका लागि प्रदिप खड्कालाई २२ लाख पारिश्रमिक दिएको खबरले निकै चर्चा पाएको थियो ।
लिलिबिलीको यस गीतलाई नेपाल आइडलका फाइनालिष्ट प्रताप दास र मेलिना राईले स्वर दिएका छन् भने गीतलाई राजेश कुमार श्रेष्ठले र संगीत अलिश कार्कीको रहेको छ ।