• २०८३ असार ८ सोमबार

वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार पक्राउ

वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ परेकी छन् ।

सार्वजनिक कार्यक्रममा भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रविन्द्र देवकोटामाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ परेको प्रहरीले जनाएको छ । घटनापछि उनीविरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

कार्यक्रमका क्रममा दुवै पक्षबीच भनाभन भएपछि कुँवरले वडाध्यक्ष देवकोटामाथि मुक्का प्रहार गरेको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियो देख्न सकिन्छ । अहिले उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । साथै भिडियो भाइरल भएपछि पत्रकार कुँवरको चर्को आलोचना समेत भइरहेको छ । कुँवरले भने वडाध्यक्षले आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाएकी छिन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै