काठमाडौँ । सर्लाहीको बसबरिया गाउँपालिका-३ का वडाध्यक्ष नन्दलाल महतोको निधन भएको छ ।
करिब डेढ वर्षदेखि ‘लिभर’ को समस्याले पीडित रहेका महतोको बुधबार साँझ भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन भएको गाउँपालिका अध्यक्ष रामसिंहासन रायले जानकारी दिए ।
महतोको निधनप्रति शोक व्यक्त गर्दै पालिकाले बिहीबार पुस ११ गते एक दिन शोक बिदा दिने निर्णय गरेको छ । अध्यक्ष रायद्वारा जारी विज्ञप्तिमा पालिकाभरका सरकारी कार्यालय, विद्यालय, र अन्य संघ–संस्थाहरू बन्द रहने उल्लेख छ ।