• २०८१ बैशाख २७ बिहीबार

पोखरा–बागलुङ सडक खण्डमा बस दुर्घटना, १६ घाइते छ जना गम्भीर

kharibot

पर्वत / जिल्लाको मोदी गाउँपालिका– ६ तिलाहारको बेतनीस्थित पोखरा–बागलुङ सडक खण्डमा आज बिहान एक यात्रुबहाक बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । 

पोखराबाट मुस्ताङ आउँदै गरेको ग १ ख ५५९८ नं को बस सडकबाट करिव ३० मिटर तल खेतमा खस्दा १६ त्यसमा सवार जना घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज खत्रीका अनुसार छ जना गम्भीर घाइतेलाई थप उपचारका लागि पोखरास्थित गण्डकी अञ्चल अस्पताल लगिएको छ, भने अन्य घाइतेको यहीको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । 

बसचालक प्रहरीको नियन्त्रणमा रहेको र दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको उनले जानकारी दिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै