• २०८१ बैशाख २७ बिहीबार

अवरुद्ध पोखरा–बागलुङ सडक सञ्चालन

kharibot

फलेवास, पर्वत । गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकमाथिबाट आएको पहिराले अवरुद्ध पोखरा–बागलुङ सडक सञ्चालन भएको छ । 

सडकखण्डअन्तर्गत मोदी गाउँपालिका वडा नं ५ भ्याप्लेखोलामा सडकमाथिबाट आएको पहिराले पुरिँदा गए राति १ बजेदेखि नै अवरुद्ध सडक अपराह्नदेखि मात्रै सञ्चालन भएको हो । जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरीको टोली र डोजर र स्काभेटर लगाएर सडक सञ्चालन गरिएको प्रहरीले जनाएको छ । 

सडक सञ्चालन भएसँगै अन्यत्रबाट पर्वत, बागलुङ म्याग्दी र मुस्ताङका लागि आएका सवारी र सो क्षेत्रबाट अन्यत्र जान हिँडेका लामो तथा छोटो दूरीका सवारी साधन गन्तव्यतर्फ लागेका छन् । वर्षा नरोकिएकाले र माथिबाट लेदो बग्ने क्रम नरोकिएकाले सडक खुलाउन ढिलाइ भएको ट्राफिक प्रहरी निमित्त प्रमुख काशीनाथ चौधरीले जानकारी दिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै