• २०८१ बैशाख २६ बुधबार

अवरुद्ध पोखरा–बागलुङ सडक सञ्चालन

kharibot

पर्वत। अविरल वर्षासँगै सडक माथिबाट खसेको पहिरोका कारण बुधबार दिउँसोदेखि अवरुद्ध भएको पोखरा–बागलुङ सडकखण्ड सञ्चालन भएको छ । 

पर्वतको मोदी गाउँपालिका–५ बाजुङस्थित भ्याप्लेमा सडक माथिबाट आएको पहिरोका कारण दिउँसो १२ बजेबाट सडक अवरुद्ध भएको थियो । दुई वटा स्काभेटर र प्रहरीको सक्रियतामा साँझ साढे ६ बजेदेखि बाटो सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । 

सडक खुलेसँगै दिउँसोदेखि नै सडकमा अलपत्र परेका सयौँ सवारी साधन गन्तव्यतर्पm लागेका छन् । पोखरा बागलुङ सडकखण्डको वैकल्पिक सडक नहुँदा यात्रुहरु दिनभर नै सवारीसँगै सडकमै अलपत्र परेका थिए । मध्यपहाडी लोकमार्ग निर्माण भइरहेको यस खण्डमा सामान्य वर्षाले पनि पहिरो झर्ने क्रम बढेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै