• २०८२ फाल्गुण १० आइतबार

प्रधानमन्त्री कार्की लुम्बिनीमा

kharibot

बुटवल । निर्वाचनको तयारी र विभिन्न प्रदेशको वस्तुस्थिति बुझ्ने क्रममा प्रधानमन्त्री सुशीला कार्की भगवान् गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनी पुगेकी छन् ।

लुम्बिनीमा उनले मुलुकमा शान्तिपूर्ण निर्वाचन सफलताको कामना गरेकी छन् । आज बिहान उनले बुटवलमा लुम्बिनी प्रदेशका सुरक्षा प्रमुखहरु तथा निर्वाचन सम्बद्ध अधिकारीसँग निर्वाचनको तयारीबारे ब्रिफिङ लिएकी थिइन् । त्यसलगत्तै उनी लुम्बिनी पुगेर मायादेवी मन्दिरको दर्शन गरेकी हुन् । 

त्यस क्रममा उनले अन्य दर्शनार्थी तथा स्थानीयसँग अन्तर्क्रिया पनि गरेकी थिइन् । 

प्रधानमन्त्री कार्कीलाई मुलुकमा शान्ति स्थापना गरी निर्वाचनमार्फत निकास दिन सफलता मिलोस् भनेर सर्वसाधारणले फूल दिएर शुभकामना दिएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै