• २०८२ माघ १६ शुक्रबार

बालेनसँग प्रचारमा हिडेका दिनेश सिटौला बेहोस, सेनाको जहाजबाट काठमाडौँ लगियो

kharibot

सुर्खेत । सुदूरपश्चिम भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साहसँगै गएका दिनेश सिटौला अचानक बेहोस भएपछि उपचारका लागि काठमाडौं लागिएको छ ।

बालेनको टोली अछामको मंगलसेनतर्फ जाँदै गर्दा शुक्रबार बिहान करिब ९: ३० बजे बाटोमा चिया खान गाडी रोकिएको थियो । अछामका रास्वपा उम्मेदवार भूपदेव शाहको घर नजिकै रहेको सो स्थानमा गाडीबाट ओर्लिन लाग्दा सिटौला अचानक बेहोस भएर ढलेका थिए ।

घटनापछि उनलाई तत्काल अछाम जिल्ला अस्पताल पुर्‍याइएको थियो । सिटौलाको टाउकोमा गम्भीर चोट लागेकाले बताइएको छ । 

उनको अवस्था गम्भीर रहेको चिकित्सकहरूले बताएपछि उनलाई सेनाको हेलिकप्टरबाट सुर्खेत र त्यहाबाट सेनाको जहाजबाट काठमाडौं लागिएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै