• २०८२ माघ १६ शुक्रबार

नेपाली टेनिस स्टार शिभाली एसिया–प्यासिफिक एलिट–१४ एन्ड अन्डरमा चौंथो

kharibot

काठमाडौं । नेपाली टेनिस स्टार शिभाली गुरुङ अस्ट्रेलिया जारी एसिया–प्यासिफिक एलिट–१४ एन्ड अन्डर ट्रफी प्रतियोगितामा चौंथो भएकी छन् ।

अस्ट्रेलियन ओपन अन्तर्गतको एलिट जुनियर टेनिसम तेस्रो स्थानका लागि शुक्रबार भएको खेलमा १४ वर्षीया शिभाली जापानी खेलाडी आयोइ योसिदासँग सोझो सेटमा पराजित भएकी हुन् । 

यसअघि, सेमिफाइनलमा शिभाली अस्ट्रेलियाकी मुसेम्मे सिलेकसँग ६–१ र ६–४ ले पराजित भएकी थिइन् । उनले ५ खेल खेल्दै २ जित र ३ हार व्यहोरेकी छन् । उनले समूह चरणमा चिनियाँ खेलाडी र अष्ट्रेलियन खेलाडीलाई पराजित गरेकी थिइन् । यस प्रतियोगितामा एसिया र प्यासिफिक क्षेत्रका उत्कृष्ट ८ ब्वाइज र ८ जना गर्ल्स खेलाडीले सहभागी गराइएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै