काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह हाल सुदूरपश्चिममा रहेका छन् ।
फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि देशव्यापी चुनावी प्रचारका क्रममा बालेन मंगलबारदेखि सुदूरपश्चिममा रहेका छन् । बालेनले आज डडेल्धुरा, बैतडी, दार्चुला र बझाङमा चुनावी प्रचार गर्ने कार्यक्रम रहेको छ ।
रास्वपा प्रवक्ता मनिष झाका अनुसार आज बालेन बिहान ९:३० बजे डडेलधुरा, पार्टी सम्पर्क कार्यालय, महेश्वरीमा कार्यक्रम गर्ने छन् भने अपराहन्न साढे १२ बजे बैतडीको पाटनमा पार्टी सम्पर्क कार्यालयमा कार्यक्रममा सहभागी हुने छन् ।
त्यसपछि दिउसो ४ बजे दार्चुलाको गोकुलेमा पार्टी सम्पर्क कार्यालयमा कार्यक्रममा सहभागी भएपछि बालेन राति ८ बजे बझाङस्थित बुइङ्गलमा कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।









