• २०८२ कार्तिक १२ बुधबार

सर्वोच्चमा नयाँ मुद्दाको मात्रै सुनुवाइ हुने

kharibot

काठमाडौँ । सर्वोच्च अदालतले भदौ २४ गतेअघिका मुद्दाको नियमित सुनुवाइ, तारेखलगायतका गतिविधि सुरु नभएको जानकारी दिएको छ । भदौ २४ गतेको विध्वंसका क्रममा भएको आगजनीबाट क्षतिग्रस्त बनेको सर्वोच्च अदालतले हालसम्म पनि पूर्ण रूपमा सेवा सुचारु गर्न नसकेको बताएको हो ।

मंगलबार सुचना प्रकाशित गर्दै सर्वोच्चले भनेको छ- 'सर्वोच्च अदालतको सूचना प्रविधि प्रणालीको पुनः प्राप्तिपश्चात् आगजनी हुनु भन्दा अगाडिका चालु अवस्थामा रहेका मुद्दाहरूमा तोकिएको पेसीको तारेख साप्ताहिक पेसी सूचीमा देखिन आएको भएता पनि उक्त मुद्दाहरूको सुनुवाइ अर्को सूचना जारी भएपछि मात्र हुने ।'

यस्तै पूर्ववत् सूचना(भदौ २९र असोज २६) अनुसारका नयाँ दर्ता भएका रिट निवेदन र अन्य निवेदनहरूको मात्र अहिले पेसी चढेर सुनुवाइ भइरहेको सर्वोच्च अदालतको सूचनामा भनिएको छ । 

सर्वोच्च अदालतले भदौ २९ गतेको सूचना अनुसार बन्दी प्रत्यक्षीकरण रिट दर्ता सुरु गरेको थियो । यस्तै असोज २६ गतेको सूचना अनुसार सबै प्रकारका रिट निवेदन, मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५७ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३, १३७ र १५५ का निवेदनहरूको दर्ता र सुनुवाइ सुरु गरिरहेको छ । देवानी संहिताको दफा १५७  मा तल्लो तहका अदालतबाट हुने अन्तर्कालीन आदेश उपर निवेदन दिन सक्ने व्यवस्था छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै