• २०८२ कार्तिक १२ बुधबार

सर्वोच्चको वेभसाइट वेबसाइट पूर्णरुपमा सञ्चालन

kharibot

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएको सर्वोच्च अदालतले करिब डेढ महिनापछि आफ्नो वेबसाइट पूर्णरुपमा सञ्चालनमा ल्याएको छ ।

अदालतको सूचना प्रविधि महाशाखाले सोमबारदेखि वेबसाइटलाई पूर्णरुपमा सञ्चालनमा ल्याएको हो ।

हेटौडामा रहेको 'ब्याकअप सेन्टर' बाट डाटा रिकभर गरेर वेबसाइट सञ्चालनमा ल्याइएको सूचना प्रविधि महाशाखाले जनाएको छ । अदालतको वेबसाइट बन्द हुँदा मुद्दाको सुनुवाइ समेत प्रभावित भएको थियो ।

गत भदौ २४ गते भएको जेनजी आन्दोलनमा प्रदर्शनकारीले आगजनी गर्दा सर्वोच्चसहित देशभर २३ वटा अदालतमा क्षति पुगेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै