• २०८२ कार्तिक १२ बुधबार

विश्वकप लिग-२: अमेरिकाको लगातार दोस्रो जित

kharibot

काठमाडौँ । जारी आइसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा अमेरिकाले लगातार दोस्रो जित हासिल गरेको छ ।

मंगलबार दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा सम्पन्न खेलमा अमेरिकाले युएईलाई ४ विकेटले पराजित गर्दै सिरिजमा लगातार दोस्रो जित हासिल गरेको हो ।

युएईले दिएको २१२ रनको लक्ष्य पछाएको अमेरिकाले ४९.१ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । अमेरिकाका लागि मिलिन्द कुमारले सर्बाधिक ७१ रन बनाए भने कप्तान मोनांक पटेलले ५० तथा शुभम रंजनेले अविज्ती ४६ रन बनाएका थिए ।

त्यसैगरी युएईका बलर जुनैद सिद्धिकीले सर्बाधिक ३ विकेट लिए भने सिमरनजीत सिंहले २ तथा हैदर अलीले एक विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको युएईले ५० ओभरमा ९ विकेट गुमाउदै २११ रन बनाएको थियो । युएईका लागि हर्षित कौशिकले सर्बाधिक ५३ रन बनाए भने कप्तान राहुल चोपडाले ३६, मुहमद शाहडाडले ३४ रन बनाएका थिए । त्यसैगरी अमेरिकाका बलरसौरभ नेत्राभल्करले ३ विकेट लिए भने जसदीप सिंह र शुभम रंजानेले २-२ विकेट लिएका थिए ।

यो जितपछि विश्वकप लिग-२ मा अमेरिकाको २२ खेलमा ३२ अंक भएको छ र शिर्ष स्थानमा कायम रहेको छ । त्यस्तै युएईको भने १७ खेलमा ६ अंक रहेको छ र अंक तालिकामा पुछारमा रहेको छ ।

अब सिरिजको अर्को खेल नेपाल र युएईबीच विहिबार हुने तालिका रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै