• २०८१ बैशाख २३ आइतबार

सलमानको ‘दबंग टुर’ का आयोजक ओडिसीका प्रबन्ध निर्देशक गुरुङ पक्राउ  

kharibot

काठमाडौं । बलिउड सुपरस्टार सलमान खानलाई नेपाल ल्याउने भन्दै लाखौं ठगी गरेको आरोपमा ओडीसी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सिमान्त गुरुङ पक्राउ परेका छन् । 

महानगरीय अपराध महाशाखाको टोलीले उनलाई काठमाडौँको लाजिम्पाटबाट पक्राउ गरेको हो । 

गुरुङलाई सलमान खानको शोका लागि बेचेको टिकटको पैसा फिर्ता नगरेको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

नेपालमा सलमान खानलगायत कलाकारलाई ल्याउने भनेर लाखौंको टिकट बिक्री गरिएको भए पनि अन्तिम समयमा आएर सुरक्षाको कारण देखाउँदै सलमान नेपाल आएका थिएनन् ।

त्यो बेला बिक्री गरिएका टिकटको रकम फिर्ता नगरी सलमान केही समयपछि आउने गुरुङले बताउँदै आएका थिए ।  

यसअघि फागुन २६ गतेको 'द दबंग टुर' कार्यक्रम नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले धम्की दिएपछि सुरक्षाको कारण देखाउँदै आयोजक ओडिसी इन्टरटेन्मेन्टले तत्काललाई स्थगित गरेको थियो ।

त्यसको केहिसमय पछी २०७५ को शनिवार जेठ १२ गते सलमान आउने बताइएको थियो । तर सो समयमा पनि सलमान नयाएपछि आयोजक ओडिसीले सलमानको शोको नयाँ मिति घोषणा गरिने बताउदै आएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै