• २०८१ बैशाख २२ शनिबार

सलमान खानको दबंग टुर बैशाखमा हुने आयोजक ओडिसी इन्टरटेनमेन्टको जानकारी  

kharibot

काठमाडौँ । बलिवुड अभिनेता सलमान खानको दबगं द टूर नेपाल बैशाखमा हुने भएको छ । 

यसअघि यहि फागुनको २६ गते टुडिखेलमा आयोजना गर्न लागिएको दबगं द टूर विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको चेतावनीका कारण स्थगित भएको थियो ।

कार्यक्रमका नेपालका आयोजक ओडिसी इन्टरटेनमेन्टले विशेष कारण' ले आगामी बैसाख पहिलो साताकालागि सारिएको जानकारी गराएको छ । तर कार्यक्रमको मिती बहने तोकिएको छैन । 

ओडिसीले कार्यक्रमका लागि करिब १५ करोड लागतको यो कार्यक्रममा करिब १० करोड हाराहारी लगानी भइसकेको  जनाएको छ । बैसाखमा हुने कार्यक्रमको दिन तय हुनासाथ जानकारी गराउने भन्दै टिकट लिइसकेका दर्शकहरुले सोहि टिकटले कार्यक्रम हेर्न सकिने जानकारी गराएको छ । 

आयोजक ओडिसीले आफ्नो फेसबुक पेज मार्फत सो जानकारी दिदै कार्यक्रम को टिकट बिक्रि जारी नै रहेको जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै