• २०८१ बैशाख २२ शनिबार

सलमान खानको नेपालको दबंग टुर स्थगित

kharibot

काठमाडौं । बलिउड अभिनेता सलमान खानको नेपालको दबंग टुर स्थगित भएको छ ।

‘दबंग द टुर’ अन्तर्गत मार्च १० मा काठमाडौंमा हुने तय भएको कार्यक्रम स्थगित भएको हो ।  विप्लव समूहको चेतावनीलाई कारण देखाउँदै सलमानको कार्यक्रम स्थगित भएको बताइएको छ । 

सो कार्यक्रममा नेपाली हितविरुद्ध छ भन्दै विप्लवको पार्टीको भ्रातृ संगठन अखिल नेपाल जनसांस्कृतिक संघले बलिउड ‘सुपरस्टार दबंग द टुर’  नामक आयोजनाको कार्यक्रम नगर्न माग गरेको थियो । 

आफुहरु सांस्कृतिक साम्राज्यवादको प्रतिरोध गर्न तयार भएको र खुला मञ्चमा हुने उक्त कार्यक्रमलाई स्थगित गर्न आह्वान गर्दै विरोध जनाएको थियो ।

सलमानका साथमा सोनाक्षी सिन्हा, प्रभु देवा, मिट ब्रदर, डेजि शाह, कृति सेननका साथै टेलिभिजनकर्मी मनिष पाउलसहित कम्तीमा पाँच दर्जन कलाकार नेपाल आउने क्रय्क्रम तय भएको थियो । कार्यक्रमका आयोजक शोहेल इन्टरटेनमेन्ट एण्ड र नेपाली इभेन्ट कम्पनी ओडिसी इन्टरटेनमेन्ट रहेको थियो ।

यस अघि कार्यक्रमको तयारीबारे बुझ्न दबंग टुरका प्रमुख आयोजक सलमानका भाई सोहेल खान काठमाडौँ आएर पत्रकार सम्मेलन समेत गरेका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै