काठमाडौं । भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग भेट गरेका छन् ।
सो भेटमा पहलगाम आतंकवादी हमलामा एक नेपाली नागरिकको मृत्यु भएको प्रति नेपालका राजदूतमार्फत समवेदना व्यक्त गरिएको विदेशमन्त्री जयशंकरले जानकारी दिएका छन् । भेटका अवसरमा द्विपक्षीय सम्बन्धमा भएका विकासहरूबारे पनि छलफल गरिएको विदेशमन्त्री जयशंकरले उल्लेख गरेका छन् ।
राजदुत शर्माले विदेशमन्त्रीसँगको भेटमा पललगाम घटनमा भएको क्षतिप्रति नेपाल सरकारका तर्फबाट समवेदना प्रकट गरेको बताउदै नेपालका प्रधानमन्त्री, विदेशमन्त्री तथा पूर्वप्रधानमन्त्रीहरुले प्रकट गरेको समवेदना तथा ऐक्यबद्धताबारे पनि जानकारी गराएको बताए ।
राजदुत शर्माले जम्मु कश्मिरको पहलगाममा भएको घटनाको बारेमा भारतीय विदेशमन्त्री जयशंकरसँग भेट गरेर नेपालको समवेदना र भारतसँग दृढ ऐक्यबद्धता व्यक्त गरेको उल्लेख गर्दै सो अवसरमा एक नेपाली नागरिकको मृत्यु भएकोमा विदेशमन्त्री जयशंकरले समवेदना व्यक्त गरेको नेपाली दुताबासले जनाएको छ ।









