काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बंगालको खाडी र विश्वले सामना गरिरहेका चुनौतीहरूको सामना गर्न क्षेत्रीय सहकार्यलाई जोड दिएकी छन् ।
बुधबार बैंककमा आयोजना भइरहेको छैटौं बिमस्टेक शिखर सम्मेलनको क्रममा इन्डिया फाउन्डेसन र थाइल्याण्डको चुलालोङकोर्न विश्वविद्यालयद्वारा संयुक्त रूपमा आयोजना गरिएको तेस्रो बिमस्टेक संवाद २०२५ लाई सम्बोधन गर्दै सो कुरा बताएकी हुन् ।
उनले आफ्नो सम्बोधनमा परराष्ट्रमन्त्रीले बंगालको खाडी र विश्वले सामना गरिरहेका अन्तर-साम्प्रदायिक चुनौतीहरूमाथि प्रकाश पार्दै कनेक्टिभिटी, जलवायु परिवर्तन, ऊर्जा सुरक्षा, महिला सशक्तिकरण, युवा नेतृत्व, सांस्कृतिक आदानप्रदान, प्राकृतिक प्रकोप तयारी र साझा समृद्धिका लागि जनता-जनताबीचको सम्बन्धमा क्षेत्रीय सहकार्यलाई जोड दिएकी थिइन् ।









