• २०८३ असोज २६ सोमबार

कांग्रेसको खुला केन्द्रीय सदस्यको मतगणना मंगलबार बिहान ८ बजेदेखि

कांग्रेसको खुला केन्द्रीय सदस्यको मतगणना मंगलबार बिहान ८ बजेदेखि

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति सदस्यको निर्वाचनमा भएको मतदानको मतगणना मंगलबार बिहान ८ बजेदेखि सुरु हुने भएको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले असोज २३ गते बेलुका ९ बजेदेखि सुरु भएको मतदानअन्तर्गत केन्द्रीय सदस्य (प्रत्यक्ष, खुला) तर्फको मतगणना असोज २७ गते बिहान ८ बजेदेखि ललितपुरको बीपी स्मृति भवन, बीपी नगरमा सुरु हुने जनाएको छ ।

साथै, केन्द्रीय सदस्यका उम्मेदवारका हकमा उम्मेदवार स्वयं बाहेक अन्य प्रतिनिधिको व्यवस्था नभएको पनि उल्लेख गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै