• २०८३ असोज २६ सोमबार

विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमा समेट्नुपर्नेमा जोड

विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमा समेट्नुपर्नेमा जोड

काठमाडौँ । विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमा समेट्दै स्वायत्त र प्रभावकारी रूपमा सञ्चालन गर्ने व्यवस्था गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा ऐन तर्जुमाका लागि रायसुझाव संकलन गर्ने क्रममा सिंहदरबारमा आयोजना गरेको छलफलमा विशेष उद्देश्यले स्थापित विद्यालयको सञ्चालन, व्यवस्थापन, आर्थिक अवस्था र पठनपाठनको गुणस्तरबारे चर्चा भएको थियो ।

छलफलमा यस्ता विद्यालयलाई राष्ट्रिय विद्यालय शिक्षा प्रणालीको मूलधारमा समेट्न आवश्यक कानुनी तथा नीतिगत व्यवस्था गर्नुपर्ने सुझाव दिइएको छ । साथै, तीनै तहका सरकारबीच समन्वय, प्रशासनिक जवाफदेहिता र विद्यालय सञ्चालनको उपयुक्त ढाँचा निर्धारण गर्नुपर्नेमा जोड दिइएको थियो ।

मन्त्रालयका सहसचिव शिवकुमार सापकोटाले विशेष प्रकृतिका विद्यालयलाई प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यकताअनुसार नीतिगत र संरचनागत सुधार गरिने बताएका छन् ।

छलफलमा सैनिक, प्रहरी, एसओएस, निजामती, गण्डकी बोर्डिङ, बूढानीलकण्ठ र सहिद स्मृति विद्यालयका प्रतिनिधि सहभागी थिए । उनीहरूले शिक्षक दरबन्दीको अभाव, व्यवस्थापकीय कठिनाइ र द्वन्द्वपीडित बालबालिकाका लागि स्थापित विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउन नसकिएको समस्या उठाउँदै शिक्षा ऐनमै विशेष विद्यालयको व्यवस्था गर्न माग गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै