• २०८२ कार्तिक १९ बुधबार

पदभार ग्रहण गर्दै हितेन्द्रदेव शाक्यले भने- लोडसेडिङ हुदैन

kharibot

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहण गर्दै शाक्यले आफुलाई न्याय भएको महसुस गरेको प्रतिक्रिया दिदै व्यक्तिलाई नभएर संस्थालाई प्राथमिकता दिने बताएका हुन् । शाक्यले आफुले सबैलाई साथ लिएर काम गर्ने र आफुले बढीमा दुई सातामा अहिले देखिएका समस्या समाधान गर्ने बताए ।

शाक्यले अबदेखि लोडसेडिङ नहुने प्रतिबद्धता व्यक्त गर्दै अहिलेको समस्या लोडसेडिङ नभएर रिलायबिलिटी भएको  बताए र उनले त्यसलाई छिटै समाधान गर्ने बताएका छन् । उनले डेडीकेटेड लाइन विवादको प्राविधिक समाधान गर्ने बताए । उनले बाहिरबाट हेर्दा राम्रो देखिएपनि भित्र उर्जामा समस्या रहेको समय भएको र यसलाई आफुले सरकारसँग मिलेर समाधान गर्ने बताए । उनले भारतबाट आउने विद्युत नरोकिने दाबी गर्दै यो व्यक्तिको विषय नभएर संस्थाको कुरा भएको टिप्पणी गरे ।

सरकारले कुलमान घिसिङलाई हटाएर शाक्यलाई सोमबार प्रबन्ध निर्देशकमा नियुक्त गरेको थियो ।      
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै