• २०८१ चैत ४ सोमबार

प्रचण्डको तस्वीर जलाउने राप्रपाको युवा संगठनका नेता निराजन बम पक्राउ

kharibot

काठमाडौँ । हेटौडामा शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तस्वीर जलाउने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका नेता निराजन बमलाई प्रहरीले पक्राउ गरेको छ । 

बमले शनिबार हेटौडामा आयोजित राप्रपाको कार्यक्रममा प्रचण्डको फोटो जलाएका थिए । बमलाई प्रहरीले चितवनबाट पक्राउ गरेको हो । उनले गणतन्त्र मुर्दावाद भने नारा लगाउदै प्रचण्डको तस्वीरमा आगो लगाएका थिए ।

सो कार्यक्रममा राप्रपा केन्द्रीय नेता तथा सांसद दीपकबहादुर सिंह समेत सहभागी थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै