• २०८१ चैत ४ सोमबार

पाकिस्तानविरुद्धको टी-२० सिरिजमा न्यूजील्याण्डको विजयी शुरुवात

kharibot

काठमाडौँ । न्यूजील्याण्डले पाकिस्तानविरुद्धको ५ खेलको टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ ।  आइतबार बिहान सम्पन्न सिरिजको पहिलो खेल न्यूजील्याण्डले ९ विकेटले जितेको हो । 

न्यूजील्याण्डको जितमा टिम सेइफेर्टले ४४ रन बनाए भने फिन एलेनले अविजित २९ र टिम रोबिन्सनले अविजित १८ रन बनाए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको पाकिस्तानले १८.४ ओभरमा अल आउट हुदै ९१ रन बनाएको थियो ।

पाकिस्तानका लागि खुशदिल शाहले ३२ रन बनाए भने कप्तान सलमान अघाले १८ र जहानदाद खानले १७ रन बनाएका थिए ।  त्यसैगरी न्यूजील्याण्डका बलर क्याकाब डफीले ४ विकेट लिए भने किल जामिएसनले ३ तथा इश सोढ़ीले २ विकेट लिए ।

यो जितपछि पाकिस्तानले ५ खेलको सिरिजमा १-० को अग्रता हासिल गरेको छ र सिरिजको दोस्रो खेल मंगलबार हुने छ ।
         

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै