• २०८१ चैत ३ आइतबार

पुटिन ढिलो चाँडो वार्ताको टेबलमा आउनैपर्छ- प्रधानमन्त्री स्टारमर

kharibot

काठमाडौँ । बेलायती प्रधानमन्त्री केयर स्टारमरले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ढिलो चाँडो वार्ताको टेबलमा आउनैपर्ने बताएका छन् ।

विश्वभरका शीर्ष नेताहरूसँगको भर्चुअल वार्ताको क्रममा प्रधानमन्त्री स्टारमरले पुटिन वार्तामा आउनै पर्ने बताउदै युक्रेनमा सम्भावित शान्ति सम्झौताको रक्षा गर्न तयार रहनुपर्ने ब्रिफिङ गरेको बिबिसीले उल्लेख गरेको छ । उनले भनेका छन्- 'युक्रेनमा शान्ति सुनिश्चित गर्न, हामीले कोष र अन्य सहयोगको साथ देशको रक्षालाई बलियो बनाउनु पर्छ ।'

साथै, उनले सम्भावित युद्धविराम सम्झौताको लागि युक्रेनका सहयोगीहरू एकजुट हुनुपर्ने र सम्झौताका सर्तहरूको रक्षा गर्न तयार हुनुपर्ने पनि बताए । उनले भने- 'यदि पुटिन साँच्चै शान्ति चाहन्छन् भने यो धेरै सरल छ, उनले युक्रेनमाथिको क्रूर आक्रमण बन्द गर्नुपर्छ र युद्धविराममा सहमत हुनुपर्छ ।'

युक्रेन युद्धमा जारी भर्चुअल शिखर सम्मेलनमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रों लगायत धेरै देशका नेताहरूले भाग लिएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै