• २०८१ फाल्गुण २९ बिहीबार

च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्यो एस्टन भिल्ला

kharibot

काठमाडौँ । प्रिमियर लिग क्लब एस्टन भिल्ला युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ ।

गएराती सम्पन्न खेलमा बेल्जियम क्लब, क्लब ब्रुगेलाई ३-० ले पराजित गर्दै एस्टन भिल्लाले समग्रमा ६-१ को नतिजा सहित प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।

यसअघि राउण्ड १६ को पहिलो लिगमा एस्टन भिल्ला ३-१ ले विजयी भएको थियो ।

यो जितपछि अब एस्टन भिल्लाले क्वाटरफाइनलमा पिएसजीको सामना गर्ने भएको छ । क्वाटरफाइनलका खेलहरु पहिलो लिग अप्रिल ९ र दोस्रो लिग अप्रिल १५ मा हुने छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै