• २०८१ फाल्गुण २९ बिहीबार

नामिबियाले नेपाललाई दियो १२६ रनको लक्ष्य

kharibot

काठमाडौँ । नामिबियाले नेपाललाई १२६ रनको लक्ष्य दिएको छ ।युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिज अन्तर्गत नामिबियाले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ८ विकेट गुमाएर १२५ रन बनाएको हो ।

नामिबियाको लागि यसमीन खानले सर्बाधिक ४५ रन बनाइन् भने अरस्ता डिएरगार्टले १६ र  विल्का एम्वाटिलले २० तथ् सुने विटम्यानले १५ रन बनाएकी थिइन् ।

त्यसैगरी नेपाली बलर इश्वरी विष्टले ३ विकेट लिएकी थिइन् भने रचना चौधरीले २ तथा इन्दु बर्मा र रिया श्रेष्ठले एक एक विकेट लिएका थिए ।

यस सिरिजमा नेपालले खेलेका ३ खेलमा एक जित र २ हार बेहोरेको छ । नेपालले यस अघि नामिबिया र हङकङसँग हार बेहोरेको थियो भने आयोजक युगाण्डालाई पराजित गरेको थियो । त्यस्तै नामिबियाले पनि ३ खेलमा एक जित र २ हार बेहोरेको छ ।

नेपालले मार्च १३ मा युगाण्डाविरुद्ध र मार्च १४ मा हङकङविरुद्ध खेल्ने तालिका रहेको छ ।

त्यसपछि मार्च १६ मा अंक तालिकामा पहिलो र दोस्रो हुने तथा तेस्रो र चौथो हुने देशबीच खेल हुने तालिका रहेको छ ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै