• २०८१ फाल्गुण २६ सोमबार

हङकङ चाइनाले नेपाललाई दियो १०१ रनको लक्ष्य

kharibot

काठमाडौँ । हङकङ चाइनाले नेपाललाई १०१ रनको लक्ष्य दिएको छ ।  

युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिज अन्तर्गत हङकङले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाउदै १०० रन बनाएको हो ।

हङकङका लागि कप्तान नताशा माइल्सले सर्बाधिक ३५ रन बनाएकी थिइन् भने मारिको हिलले २१ रन बनाएकी थिइन् ।  

त्यस्तै नेपाली बलर इन्दु बर्मा र इश्वरी विष्टले २-२ विकेट लिए भने पुञ्ज महतो र रचना चौधरीले एक एक विकट लिएका थिए ।   

यस सिरिजमा नेपालले खेलेका दुई खेलमा एक जित र एक हार बेहोरेको छ । त्यस्तै हङकङले पनि २ खेलमा एक जित र एक हार बेहोरेको छ ।

नेपालले अर्को खेल मार्च १२ मा नामिबियाविरुद्ध, मार्च १३ मा युगाण्डाविरुद्ध र मार्च १४ मा हङकङविरुद्ध खेल्ने तालिका रहेको छ ।

त्यसपछि मार्च १६ मा अंक तालिकामा पहिलो र दोस्रो हुने तथा तेस्रो र चौथो हुने देशबीच खेल हुने तालिका रहेको छ ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै