• २०८१ फाल्गुण २७ मंगलबार

प्रचण्डले मंगलबार प्रतिनिधिसभामा सम्बोधन गर्दै

kharibot

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।

सोमबार सभामुख, प्रमुख सचेतक र सचेतकहरूबीचको छलफलले २७ गते बस्ने प्रतिनिधि सभाको बैठकमा प्रचण्डले सम्बोधन गर्ने कार्यसूची तय गरेको हो ।

प्रचण्ड माओवादी केन्द्रको तराई मधेश जागरण अभियान केही दिनलाई स्थगित गरेर काठमाडौं आएका छन् ।

संसद्मा सहभागी रहेको दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका विभिन्न संघ/संस्थाहरुले पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किँदा गरेको गतिविधिले राजनीतिक बृत्त तरङ्गित भएको बेला प्रचण्डले संसदमा सम्बोधन गर्न लागेका हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै