तनहुँ । तनहुँको ब्यास नगरपालिका-९ कुमाल गाउँ बस्ने ६६ वर्षीया बिष्णुमाया कुमालको बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३० वर्षीय शिव शंकर भन्ने शंकर कुमाललाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
बिष्णुमाया आफ्नै घर अगाडिको खालि जग्गामा बुधबार बिहान मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न शंकरलाई पक्राउ गरेको हो ।
उनी उपर जिल्ला अदालत तनहुँबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।