काठमाडौं । अमेरिकाले ८ नेपालीलाई नेपाल डिपोर्ट गरेको छ । कागजात नभएका ८ नेपालीलाई लिएर आएको चार्टर विमान आज बिहान त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो ।
अमेरिकी वायुसेवा कम्पनी ग्रिफोन एयरको सानो विमान गल्फजेट स्ट्रीममार्फत् न्यू ह्याम्पसर राज्यको पोर्टसमाउथ अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ नेपालीलाई काठमाडौँ ल्याइएको हो ।
अमेरिकाबाट नेपाल फर्काइएकामाथि अवैध प्रवेश, गैरकानूनी रूपमा बसोबास र अध्यागमन कानुन विपरीत काम गरेको आरोप लगाइएको छ ।
ट्रम्पको कार्यकारी आदेशपछि यसअघि २७ नेपालीलाई अमेरिकाबाट निकाला गरिसकिएको छ । यसअघि तीन जना नेपालीलाई पानामा डिपोर्ट गरिएको थियो ।