• २०८१ फाल्गुण २० मंगलबार

रणवीर अलाहाबादियालाई पोडकाष्ट संचालन गर्न अदालतको अनुमति

kharibot

काठमाडौँ । भारतको सर्वोच्च अदालतले युट्युबर रणवीर अलाहाबादियालाई आफ्नो पोडकास्ट 'द रणवीर शो' पुन: सुरु गर्न अनुमति दिएको छ । अदालतले उनले आफ्नो कार्यक्रममा कुनै पनि अश्लील कुरा नदेखाउन शर्त राखेको छ ।

रणवीरले अदालतमा निवेदन दायर गर्दै कार्यक्रम प्रसारण हुनबाट रोक्ने अदालतको आदेशको अंश हटाउन माग गरेका थिए ।

समय रैनाको कार्यक्रम 'इन्डियाज गट लेटेन्ट' मा आमाबाबुमाथि गरिएको अपमानजनक टिप्पणीको विवाद पछि, देशका धेरै शहरहरूमा उनी विरुद्ध एफआईआर दायर गरिएको थियो । यसपछि, सेलिब्रेटीहरूले इलाहाबादियाको पोडकास्ट 'द रणवीर शो' मा आउन अस्वीकार गरेका थिए ।

इलाहाबादियाले सर्वोच्च अदालतमा निवेदन दायर गर्दै आफूविरुद्ध दर्ता भइरहेको एफआईआर र पक्राउ रोक्न माग गरेका थिए । फेब्रुअरी १८ मा, अदालतले रणवीरको निवेदनमा अन्तरिम आदेश दिँदै गिरफ्तारीलाई रोक लगाउँदै रणवीर र उनका साथीहरूले अर्को आदेश नभएसम्म कुनै पनि कार्यक्रम नगर्ने बताएको थियो ।

अदालतले कार्यक्रमको क्रममा इलाहाबाद अदालतमा चलिरहेको यो मुद्दाको बारेमा कुनै टिप्पणी गर्ने छैनौं, देश छोड्न सक्ने छैनन् र  सबै उमेर समूहका मानिसहरूका लागि कार्यक्रमहरू बनाउनुपर्ने लगायतका शर्तसहित कार्यक्रम चलाउन अनुमति दिएको छ ।

इलाहाबादियाले अदालतमा आफ्नो पोडकाष्टमा २८० कर्मचारीहरू संलग्न रहेकाले शो  संचालनमा लगाइएको रोक फुकुवा गर्न माग गरेका थिए ।

'द रणवीर शो' पोडकास्टले स्वास्थ्य, प्रविधि, इतिहास, खेलकुद र मनोरञ्जनदेखि सफलताका कथाहरूसम्मका विषयहरूलाई समेट्छ । उनको कार्यक्रममा अहिलेसम्म रोहित शेट्टी, अक्षय कुमार, विक्की कौशल, जोनी लिभर र पूर्व क्रिकेटर युवराज सिंह जस्ता धेरै सेलिब्रेटीहरूले भाग लिएका छन् । 

रणवीर 'इन्डियाज गट लेटेन्ट' स्ट्यान्ड-अप कमेडियन समय रैनाको कार्यक्रममा अतिथिको रुपमा भाग लिएको बेला गरेको टिप्पणीका कारण विवादमा परेका थिए । उनको अभद्र टिप्पणीका कारण अहिले यो शो अहिले बन्द छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै