• २०८१ फाल्गुण २० मंगलबार

क्षमताभन्दा बढी पास वितरण, दशरथ रंगशाला परिसर अस्तव्यस्त

kharibot

काठमाडौँ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएको केपी ओली कप फुटबल प्रतियोगिताको फाइनल खेलको व्यवस्थापनमा चरम लापरबाही देखिएको छ । 

दिउँसो एक बजेदेखि नै हजारौं दर्शक रंगशाला पुगे पनि व्यवस्थापनको लापरबाहीका कारण धेरै दर्शक रंगशाला बाहिर रहेका छन् । रंगशालाको क्षमताभन्दा अत्यधिक पास बाँडिएकाले हजारौं दर्शक बाहिरै अलपत्र परेका हुन ।

खेल हेर्न उत्साहित भएर आएका दर्शकहरू टिकट वा पास दुवै लिएर पनि बाहिरै रोकिँदा त्रिपुरेश्वर क्षेत्र नै अस्तव्यस्त बनेको छ ।

सत्तारुढ दल नेकपा एमालेको युवा संघ आयोजक रहेको केपी ओली कपको फाइनलको व्यवस्थापनमा देखिएको चरम फितलोपनका कारण भद्रगोलको अवस्था देखिएको हो ।

भिड बढेका कारण सुरक्षाकर्मीहरूले भित्र प्रवेशमा रोक लगाएका छन् । व्यवस्थापनको भद्रगोल बारे आयोजक पक्ष र एन्फा मौन देखिएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै