• २०८१ फाल्गुण १४ बुधबार

गोविन्दासँग डिभोर्सका लागि सुनिताले पठाएकी थिइन् नोटिस !

kharibot

काठमाडौँ । बलिउडका अभिनेता गोविन्दा आफ्नो व्यक्तिगत जीवनलाई लिएर चर्चामा छन् । गोविन्दाकी श्रीमती सुनिता आहुजाले उनलाई डिभोर्सको नोटिस पठाएको समाचार बाहिर आएपछि मिडिया र सामाजिक सञ्जालमा यो विषय चर्चित बनेको छ ।

३७ बर्षदेखि साथ रहेका गोविन्दा र सुनिताको सम्बन्ध विच्छेदको खबरले सबैलाई स्तब्ध तुल्याएको छ ।  गोविन्दा र सुनिता दुवैले प्रेम विवाह गरेका थिए । यस विवाहबाट उनका २ सन्तान पनि छन् । गोविन्दा र सुनितालाई धेरै अवसरमा सँगै देखिएका छन् र दुवैले आफ्नो सम्बन्धको बारेमा खुलेर कुरा गर्ने गरेका छन् । 

अब उनीहरुको सम्बन्धविच्छेदको खबरको बीचमा गोविन्दाका प्रबन्धकले महत्त्वपूर्ण कुराहरू सार्बजनिक गरेका छन्। गोविन्दाका म्यानेजर शशि सिन्हाले सुनिताले पछिल्ला दिनमा विभिन्न अन्तर्वार्ताहरुमा बोलेको विषयले परिवारमा तनाव भएको बताएका छन् । 

भारतीय सञ्चारमाध्यमका अनुसार  शशिले गोविन्दाले छुट्टिने सम्बन्धमा कुनै आधिकारिक कदम नचालेको बताए । तर, सुनिताले नोटिस पठाएको जानकारी दिएका छन ।

सुनिताले अदालतबाट कानूनी नोटिस पठाए पनि यो नोटिसमा के लेखिएको छ र के पठाइएको हो भन्ने पूर्ण जानकारी अहिलेसम्म नखुलेको शशिको भनाइ छ । ‘आधिकारिक सूचना अझैसम्म हामीसम्म पुगेको छैन, सुनिताले भर्खरै विभिन्न किसिमका बयान दिएकी छिन्, जसले गर्दा जनतामा यस्तो अड्कलबाजी भइरहेको छ’ शशिले भने ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै