• २०८१ फाल्गुण १७ शनिबार

केपी ओली एफसी र मछिन्द्र क्लब दोस्रो सेमिफाइनलमा आज भिड्दै

kharibot

काठमाडौं । काठमाडौँमा जारी केपी ओली कपको दोस्रो सेमिफाइनल खेल आज हुदै छ ।

दशरथ रंगशालामा साँझ ५ बजेदेखि हुने दोस्रो सेमिफाइनलमा आयोजक केपी ओली एफसीसँग मछिन्द्र क्लब भिड्दै । 

आयोजक केपी ओली एफसीले न्यूरोड टिमलाई हराउदै सेमिफाइनलमा पुगेको हो भने मछिन्द्रले भुटानको ट्रान्सपोर्ट युनाइटेडलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

यसअघि शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले संकटा क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको छ ।

अब त्रिभुवन आर्मीले फाइनलमा आयोजक केपी ओली एफसी र मछिन्द्र क्लबबीचको विजेतासँग खेल्ने छ ।  प्रतियोगिताको फाइनल खेल आगामी सोमबार हुदै छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै