• २०८१ फाल्गुण २० मंगलबार

प्रधानमन्त्री ओलीलाई पूर्वराष्ट्रपति भण्डारीले दिइन् राजनेताको संज्ञा

kharibot

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजनेताको संज्ञा दिएकी छन् ।

सोमबार पत्रकार गणेश पाण्डेद्वारा सम्पादित ‘केपी शर्मा ओलीस् सपना, सङ्घर्ष र संकल्प’ पुस्तकको लोर्कापर्ण समारोहलाई सम्बोधन गर्दै भण्डारीले कोरोना महामारी, मुलुकको आर्थिक विकास र समग्र राजनीतिक अवस्थामा ओलीले खेलेको भूमिकाको प्रसंसा गर्दै राजनेताको संज्ञा दिएकी हुन् ।

उनले भनिन्- 'मुलुकको आर्थिक समृद्धिका लागि उहाँमा रहेको हुटहुटी मैले नजिकबाट अवलोकन गरेको छु । उहाँको प्रभावकारी कार्यक्षमता र कार्यकुशलताको मुलुकले भरपूर उपयोग गर्नुपर्दछ । अतुलनीय सक्रियता, अदम्य इच्छाशक्ति सिर्जजनशील क्षमताका धनि प्रधानमन्त्री केपी शर्मा ओली एक अब्बल नेता र लोकप्रिय राजनेता हुनुहुन्छ । उहाँले आफ्नो आश्था निष्ठाको प्रतिमुर्तीको रुपमा अड्याउन सफल हुनुभएको छ ।'

प्रधानमन्त्री ओलीले लोकतन्त्रप्राप्तिका लागि गर्नुभएको अनेक सङ्घर्षदेखि मुलुकको समृद्धिका लागि देखाएका सपना र गरेको नेतृत्वदायी पहललाई केन्द्र राखेर सो पुस्तक तयार गरिएको हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै