• २०८१ फाल्गुण २० मंगलबार

न्यूजील्याण्डलाई हराउदै भारत बन्यो समुह विजेता

kharibot

काठमाडौँ । भारतले न्यूजील्याण्डलाई पराजित गर्दै समुह विजेता बनेको छ ।

जारी च्याम्पियन्स ट्रफी अन्तर्गत समुह चरणको अन्तिम खेलमा भारतले न्यूजील्याण्डलाई ४४ रनले पराजित गर्दै समुह ए को विजेता बनेको छ ।

भारतले दिएको २५० रनक लक्ष्य पछाएको न्यूजील्याण्डले ४५.३ ओभरमा अल आउट हुदै २०५ रन मात्र बनाएको थियो ।

न्यूजील्याण्डका लागि केन विलियम्सनले सर्बाधिक ८१ रन बनएका थिए भने कप्तान मिचेल सान्टनरले २८ रन बनाएका थिए । त्यसैगरी भारतीय बलर वरुण चक्रवर्तीले सर्बाधिक ५ विकेट लिए भने कुलदीप यादवले २ विकेट लिए ।   

यसअघि टस हारेर पहिला ब्याटिंग गर्दै भारतले ५० ओभरमा ९ विकेट गुमाएर २४९ रन बनाएको थियो । भारतका लागि श्रेयस अय्यरले सर्बाधिक ७९ रन बनाए भने हार्दिक पाण्डेयले ४५ रन बनाएका थिए । त्यसैगरी अक्सर पटेलले ४२, केएल राहुलले २३ र रविन्द्र जडेजाले १६ रन बनाएका थिए ।

त्यसैगरी न्यूजील्याण्डका बलर माट हेनरीले सर्बाधिक ५ विकेट लिएका थिए ।   

यो जितपछि भारत समुह ए मा समुह विजेता बनेको छ र अब सेमिफाइनलमा अस्ट्रेलियाको सामना गर्ने भएको छ । त्यस्तै अर्को सेमिफाइनलमा न्यूजील्याण्ड र दक्षिण अफ्रिका खेल्ने भएका छन् ।

अब पहिलो सेमिफाइनल भारत र अस्ट्रेलियाबीच आगामी मंगलबार हुने छ भने दोस्रो सेमिफाइनल खेल बुधबार न्यूजील्याण्ड र दक्षिण अफ्रिकाबीच  हुने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै