• २०८१ फाल्गुण २० मंगलबार

भारतले न्यूजील्याण्डलाई दियो २५० रनको लक्ष्य

kharibot

काठमाडौँ । भारतले न्यूजील्याण्डलाई २५० रनको लक्ष्य दिएको छ । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत समुह चरणको अन्तिम खेलमा भारतले टस हारेर पहिला ब्याटिंग गर्दै ५० ओभरमा ९ विकेट गुमाएर २४९ रन बनाएको हो ।

भारतका लागि श्रेयस अय्यरले सर्बाधिक ७९ रन बनाए भने हार्दिक पाण्डेयले ४५ रन बनाएका थिए । त्यसैगरी अक्सर पटेलले ४२, केएल राहुलले २३ र रविन्द्र जडेजाले १६ रन बनाएका थिए ।

त्यसैगरी न्यूजील्याण्डका बलर माट हेनरीले सर्बाधिक ५ विकेट लिएका थिए ।   

भारत र न्यूजील्याण्ड सेमिफाइनलमा पुगिसकेकाले यस खेलको नतिजाले समुह ए को विजेता र उपविजेताको तय गर्ने छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै