• २०८१ फाल्गुण १९ सोमबार

उत्तराखण्डको हिमपहिरोमा चार जनाको मृत्यु, अझै बेपत्ता पाँचजनाको खोजी जारी

kharibot

काठमाडौँ । भारतको उत्तराखण्डको चमोलीमा हिमपहिरोमा फसेका मानिसहरूलाई उद्धार गर्ने कार्य तेस्रो दिन पनि जारी रहेको छ ।

उत्तराखण्डको चमोली जिल्लामा हिमनदी फुटेपछि ५५ जना हिउँमा फसेका थिए । जसमा ५० जनालाई बाहिर निकालिएको छ, जसमा चार जनाको मृत्यु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

अझै बेपत्ता रहेका पाँच जनाको उद्धार गर्न खोजी अभियान चलाइएको छ, जसको नेतृत्व सेनाको ब्रिगेडले गरिरहेको बताइएको छ ।

सेनाले अझै पनि बेपत्ता पाँच जनालाई खोज्न अभियान चलाइरहेका छन् । उद्धार कार्यको अनुगमन गर्न वरिष्ठ सेना अधिकारीहरू दुर्घटना स्थलमा पुगेका छन् ।

समाचार एजेन्सी एएनआईका अनुसार बाँकी कामदारहरू पत्ता लगाउन थर्मल इमेज क्यामेराहरू प्रयोग गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै