• २०८१ फाल्गुण २० मंगलबार

जितसँगै एटलेटिको म्याड्रिड ला लिगाको शिर्ष स्थानमा

kharibot

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत एटलेटिको म्याड्रिडले एथलेटिको क्लबलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिडले एथलेटिक क्लबलाई १-० गोल अन्तरले पराजित गरेको हो । एटलेटिको म्याड्रिडको जितमा जुलियन अल्भारेजले खेलको ६६औ मिनेटमा गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो ।

योजितपछि एटलेटिको म्याड्रिड ला लिगाको शिर्ष स्थानमा उक्लिएको छ । एटलेटिको म्याड्रिडको २६ कलामा ५६ अंक भएको छ । त्यस्तै एक खेल कम खेलेको बार्सिलोनाको २५ खेलमा ५४ अंक रहेको छ र भने रियल म्याड्रिडको २६ खेलमा ५४ अंक रहेको छ ।

त्यस्तै एथलेटिक क्लबको २६ खेलमा ४८ अंक रहेको छ र लिगमा चौथो स्थानमा रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै