• २०८१ फाल्गुण २० मंगलबार

रियल बेटिससँग रियल म्याड्रिड स्तब्ध

kharibot

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड पराजित भएको छ । गएराती सम्पन्न खेलमा रियल बेटिसले रियल म्याड्रिड माथि शानदार २-१ गोल अन्तरको जित हासिल गरेको हो ।

१-० गोलले पछि परेको रियल बेटिसले खेलमा कमब्याक गर्दै रियल म्याड्रिडलाई स्तब्ध बनाएको थियो । रियल बेटिसको जितमा जोनी कार्डोसो र इस्कोले एक एक गोल गरेका थिए भने रियल म्याड्रिडका लागि एक गोल ब्राहिम डियाजले गरेका थिए । 

यो हारपछि रियल म्याड्रिड लिगमा तेस्रो स्थानमा झरेको छ । रियल म्याड्रिडको २६ खेलमा ५४ अंक रहेको छ । त्यसैगरी रियल बेटिसको २६ खेलमा ३८ अंक रहेको छ र लिगमा छैटौं स्थानमा उक्लिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै