काठमाडौँ । अफगानिस्तानले अस्ट्रेलियालाई २७४ रनको लक्ष्य दिएको छ । जारी च्याम्पियन्स ट्रफी अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गर्दै अफगानिस्तानले ५० ओभरमा अल आउट हुदै २७३ रन बनाएको हो ।
अफगानिस्तानका लागि सेडिक्वालाह अटलले सर्बाधिक ८५ रन बनाएका थिए भने अजम्तुल्लाह ओमारजाईले ६७ रनको योगदान दिएका थिए । त्यसैगरी इब्राहिम जद्रानले २२, कप्तान हशमतुल्लाह शाहिदीले २० र राशिद खानले १९ रन बनाएका थिए ।
त्यसैगरी अस्ट्रेलियाका बलर बेनद्वारशुइसले सर्बाधिक ३ विकेट लिए भने स्पेन्सर जोन्सन र एडम जाम्पाले २-२ विकेट लिए । त्यसैगरी नाथन एलिस र ग्लेन म्याक्सवेलले एक एक विकेट लिएका थिए ।