काठमाडौँ । अफगानिस्तानले इङल्याण्डलाई पराजित गरेको छ । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत समुह बी को खेलमा अफगानिस्तानले इङल्याण्डलाई ८ रनले पराजित गरको हो ।
अफगानिस्तानले दिएको ३२६ रनको लक्ष्य पछाएको इङल्याण्डले ४९.५ ओभरमा अल आउट हदै ३१७ रन मात्र बनाए पछि खेल अफगानिस्तानले ८ रनले जितेको थियो ।
इङल्याण्डका लागि जो रुटले सर्बाधिक १२० रन बनाएका थिए भने बेन डकेट र कप्तान जोस बटलरले ३८-३८ रन बनाएका थिए । त्यस्तै जामी ओभरटनले ३२ रन बनाएका थिए ।
त्यस्तै अफगानिस्तानका ब्व्ल्र अजमतुल्लाह ओमारजाईले सर्बाधिक ५ व्केट लिएका थिए भने मोहमद नविले २ विकेट लिएका थिए । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले ५० ओभरमा ७ विकेट गुमाउदै ३२५ रन बनाएको थियो ।
अफगानिस्तानका लागि इब्राहिम जद्रानले सर्बाधिक १७७ रन बनाएका थिए । जद्रानले १४६ बल खेल्दै १२ चौका र ६ छक्का सहित १७७ रन प्रहार गरेका थिए ।
त्यस्तै अज्मतुल्लाह ओमारजाईले ४१ तथा मोहमाब नवी र कप्तान हशमतुल्लाह शाहिदीले ४०-४० रन बनाएका थिए ।
त्यसैगरी इङल्याण्डका बलर जोफ्रा आर्चरले ३, लियाम लिभङ स्टोनले २ तथा जामी ओभरटन र अदिल राशिदले एक एक विकेट लिएका थिए ।
यो हारसँगै इङल्याण्ड लगातार दुई खेलमा हार बेहोरेर च्याम्पियन्स ट्रफीबाट बाहिरिएको छ । त्यस्तै अफगानिस्तानले २ खेलमा २ अंक हासिल गरेको छ भने सेमिफाइनलको सम्भावना कायम राखेको छ ।