• २०८१ फाल्गुण १७ शनिबार

प्रक्रियागत कारणले रोकिएका अध्यादेश छिट्टै स्वीकृत हुन्छन्- गृहमन्त्री लेखक

kharibot

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकारले ल्याएका अध्यादेश प्रक्रियागत कारणले स्वीकृत हुन ढिलाइ भइरहेको बताएका छन् ।

शुक्रबार राष्ट्रिय निजि तथा आवासीय विद्यालय ऐशोसिएसन नेपालको आठौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दैै मन्त्री लेखकले सरकारले व्यवसायिक वातावरण सुनिश्चित गर्नको लागि अध्यादेश ल्याएको बताउँदै छिट्टै सदनबाट स्वीकृत हुने बताएका हुन् । 

'केही प्राविधिक र प्रक्रियागत कारणले अध्यादेश प्रतिस्थापन गर्न ढिलाइ भएको छ ।', गृहमन्त्री लेखकले भने, 'हामी समयभित्रै सदनले स्वीकार गर्ने र प्रतिस्थापन गरेर नयाँ कानून बनाउँछौं ।'  त्यसैगरि उनले सरकारले ल्याएको अध्यादेशले निजि क्षेत्र उत्साहित भएको बताए । 'हाम्रो संविधानले पनि तीन खम्बे अर्थ नितिको व्यवस्था गरेको छ ।' उनले भने, 'निजि क्षेत्रका लागि सरकारले व्यवसायिक वातावरण सुनिश्चित गर्न लागेको छ ।' उनले शिक्षा,स्वास्थ्यको क्षेत्रका केहि छैन भन्ने भाष्य निमार्ण भएको बताउँदै लोकतन्त्रका कारण मुलुकमा थुप्रै विश्विद्यालय स्थापना भएको बताए । उनले सरकारले शिक्षा विधेयक पनि यही अधिवेशनबाट पारित गर्ने बताए ।

निजि तथा आवासीय विद्यालयहरुले आफुभित्र भएका समस्याहरु स्वःनियमन गरेर समाधान गर्नुपर्ने उनको भनाई थियो ।

उनले कांग्रेस र एमाले समीकरण कोही नेताहरुलाई प्रधानमन्त्री र मन्त्री बनाउनको लागि मात्रै नमिलेको बताउँदै देश विकासको लागि स्थिर सरकार बनाएका बताए ।  'अहिलेको समीकरण सरकार बनाउनको लागि सरकार र केही नेताहरुलाई प्रधानमन्त्री र मन्त्री बनाउनको लागि मात्रै बनेको होइन ।' गृहमन्त्री लेखकले भने, 'हामीले मुलुकमा स्थिर सरकार स्थापित हुन सकोस र त्यो सरकारले देशमा दिगो शान्ति, सुशासन र उन्तिको यात्रामा अघि बढाउनको लागि बनाएके हो ।'

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै